विराटनगर—५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण 

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर ०३, २०८१

विराटनगर /विराटनगर—५ स्थित कुलरुवामा राधाकृष्णको मन्दिर निर्माण हुने भएको छ । स्थानीयको सक्रियतामा निर्माण हुन लागेको मन्दिरको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेशकोइरालाले उद्घाटन गर्नुभयो ।

शिद्धकाली स्कुल छेउमा रहेको जमिनमा मन्दिर निर्माण हुन लागेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइराला भाषा, धर्म, कला र संस्कृतिको जर्गेना गर्नुपर्नेमा जोड दिनुभयो । सबैलाई आआफ्ना भाषा, कला, धर्म र संस्कृतिको संरक्षण गर्न उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, मोरङ प्रहरीका प्रमुख एसपी नारायण चिमरिया, नेकपा एमालेका नेता विनोद ढकाल, वडा नम्बर ५ का अध्यक्ष सन्तोष न्यौपाने, पूर्वअध्यक्ष मीनकुमार आचार्य, समाजसेवी उद्धव कोइराला, शिद्धकाली विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव, मन्दिर निर्माण समितिका अध्यक्ष शोभानन्द यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्दिरको शिलान्यास अघि कलशयात्रा निकालिएको थियो । कलशयात्राले वडाका विभिन्न स्थानको परिक्रमा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]