धादिङको त्रिशूलीमा ट्रक खस्यो, तीन जनाको उद्धार

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ०४, २०८१

विराटनगर /धादिङको खयरघारी नजिक मंगलबार बिहान ६ बजे एक ट्रक त्रिशूली नदीमा खस्दा तीन जनाको सफल उद्धार गरिएको छ।

नवलपरासीबाट काठमाडौँतर्फ जाँदै गरेको लु २ ख २५० नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनापछि प्रहरीले चालक २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रकका धनी ४६ वर्षीय सुरेश गुरुङलाई सकुशल उद्धार गरेको छ।

ट्रक त्रिशूली नदीमा खस्नुको कारण अझै खुल्न नसकेको र थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]