गढि प्याब्सनको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा पु:न राजाराम 

Logo
चन्दन रौनियार प्रकाशित शुक्रबार, मंसिर ०७, २०८१

दुहबी / निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको गढी नगर समितिको तेस्रो अधिवेशन एक कार्यक्रम गरि गढी समुदाय वनमा सम्पन्न भएको छ ।नगर अधिवेशनको गढी गाउँ पालिका अध्यक्ष प्रमुख आशनारायण चौधरी र जिल्ला प्याब्सन सुनसरीका कार्वाहक अध्यक्ष थानेश्वर ढकालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । गढी नगर प्याब्सनका अध्यक्ष राजाराम कुमार मेहताको अध्यक्षतामा भएको कार्यक्रममा गढी गाउँ पालिका अध्यक्ष प्रमुख आशनराण चौधरीले गढी गाउँ पालिकाका भित्रको शैक्षिक क्षेत्रको विकासका लागि पालिकाले प्रविधिको उच्चतम प्रयोगलाई प्राथमिकता दिएको बताए ।

प्रविधिको प्रयोगबाट शैक्षिक गतिविधि अघि बढाउन र प्राविधिक धारको शिक्षा अध्ययनका लागि गाउँ पालिकाले काम गरिरहेको उनले बताए । निजी क्षेत्रका विद्यालयहरुको सहकार्यमा पनि पालिकाले आफ्ना शैक्षिक गतिविधि अघि बढाइएको पालिका अध्यक्ष प्रमुख चौधरीले बताए ।

कार्यक्रममा गाउँ पालिका शिक्षा प्रमुख छवि खड्काले निजी र सामुदायीक विद्यालय एक आपसमा सहकार्य गर्दै अघि बढ्ने बिषयमा गाउपालिका अघि बढेको बताए । निजी र सामुदायीक विद्यालयको अध्ययन गुणस्तरीय बनाउन गढी गाउँ पालिकाले हरेक शैक्षिक गतिविधिमा प्याब्सनमा आवद्ध विद्यालयहरुसँग पनि आगामि दिनमा अझ सहकार्य गर्ने उनले बताए । कार्यक्रममा प्याब्सन सुनसरी जिल्ला समितिको तर्फबाट कार्यवाहक अध्यक्ष थानेश्वर ढकालले शुभकामना मन्तव्यमा उनले स्थानीय तहले सामुदायीक विद्यालय सहर निजी विद्यालयलाई पनि व्यवहार गर्नुपर्ने बताए । नगर भित्र गरिने शैक्षिक गतविधिमा नगर शिक्षा समितिबाट निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई प्रोत्साहानको व्यवस्था गर्नुपर्ने ढकालले बताए। त्यसै गरि अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

अध्यक्ष राजाराम कुमार महेता ,सचिव अमरलाल उराँव , कोषाध्यक्षमा ईन्द्रदेव चौधरी ,सदस्यहरुमा देवान्नद चौधरी र जुनो साह रहेको छ । स्वागतमन्तव गढि प्याब्सन बरिस्ठ सल्लाहकार भुप नरायण भगतले गरे भने कार्यक्रम संचालन गढि प्याब्सनका सचिव अमरलाल उराँवले गरेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]