चितवनमा स्कुल बस दुर्घटना, २८ जना घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर ०८, २०८१

विराटनगर / कालिका नगरपालिका–९, द्रब्यटारमा पिकनिकबाट फर्किँदै गरेको चित्रवन माविको स्कुल बस दुर्घटनामा परेको छ। दुर्घटना आज साँझ ५ बजे भएको हो। मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको उक्त बस ब्रेक फेल भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बसमा सवार ३० जना विद्यार्थी र दुई कर्मचारीमध्ये चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएका छन्। प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ।

घाइतेमध्ये २२ जनाको चितवन मेडिकल कलेज र ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। पिकनिकका लागि उपरदाङगढी पुगेका विद्यार्थीहरू फर्किने क्रममा दुर्घटनामा परेको हो।

बसमा ३० जना विद्यार्थी र २ जना अन्य व्यक्तिहरू सवार थिए। दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक जानकारी प्रहरीमार्फत आएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ। स्थानीयवासी र उद्धार टोलीले घाइतेहरूलाई अस्पताल पुर्याउन सहयोग गरेका थिए। दुर्घटनाप्रति स्थानीयहरू शोक व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]