काठमाडौंको होटेलमा सुनसरी र मोरङको युवायुवती मृत अवस्थामा फेला 

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०९, २०८१

विराटनगर /  काठमाडौंको सिनामंगलस्थित एक होटेलमा आइतबार बिहान एक युवायुवती मृत अवस्थामा फेला परेका छन्। होटेल जन्मभूमिको चौथो तलाको कोठा नम्बर १२० मा उनीहरूका शव फेला परेको हो।

प्रहरीका अनुसार मृतकहरू सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङकी ३० वर्षीय शर्मिलाकुमारी माझी हुन्। उनीहरू केही दिनअघि उक्त कोठा भाडामा लिएर बसेका थिए।

घटनाबारे सूचना प्राप्त भएपछि बिहान करिब साढे ७ बजे प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार उनीहरू झुन्डिएर मृत अवस्थामा भेटिएका छन्। घटनाको कारण खुल्न नसकेकाले प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ।

यो घटना रहस्यमय मानिएको छ, र मृतकका परिवारजनलाई खबर गरिसकिएको प्रहरीले जानकारी दिएको छ। स्थानीयवासी र सम्बन्धित निकायले घटनालाई गम्भीर रूपमा लिँदै यथाशीघ्र सत्यतथ्य पत्ता लगाउन माग गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]