जसपाद्वारा विराटनगरमा मोरङ जिल्ला स्तरीय पार्टी कार्यालयको उद्घाटन

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ०९, २०८१

विराटनगर/ अशोक राईको अध्यक्षतामा रहेको जनता समाजवादी पार्टीले विराटनगरमा मोरङ जिल्ला स्तरीय पार्टी कार्यालयको उद्घाटन गरेको छ। पार्टीका सह-महासचिव तथा संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादवले आइतबार सो कार्यालयको उद्घाटन गरेका छन्।

उद्घाटन कार्यक्रममा जसपा मोरङ जिल्ला अध्यक्ष मो. नसरुल, उपाध्यक्ष सत्यप्रकाश लुनिया, सचिव विकास मण्डल लगायतका पार्टीका नेता र कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

यस कार्यालयको उद्घाटनसँगै पार्टीले मोरङ जिल्लामा आफ्नो उपस्थिति सुदृढ गर्दै आगामी राजनीतिक गतिविधिहरूलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]