विराटनगर पिपलचोकमा कार दुर्घटना, चार जना घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १०, २०८१

विराटनगर /  विराटनगर-४ पिपलचोक नजिक सोमबार बिहान कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्। प्रदेश १-०२-०२९ च २२२१ नम्बरको कार अनियन्त्रित भई सडकको डीभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।

दुर्घटनामा परेर चालक रियाज आलम (विराटनगर-६) तथा दिलछात हुसेन, अब्दुल रहिम, र मोहमद अबुजर सामान्य घाइते भएका छन्। घाइतेहरूको उपचार नोबेल अस्पतालमा भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कार अनियन्त्रित हुनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]