

विराटनगर / विराटनगर-४ पिपलचोक नजिक सोमबार बिहान कार दुर्घटना हुँदा चार जना घाइते भएका छन्। प्रदेश १-०२-०२९ च २२२१ नम्बरको कार अनियन्त्रित भई सडकको डीभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा परेर चालक रियाज आलम (विराटनगर-६) तथा दिलछात हुसेन, अब्दुल रहिम, र मोहमद अबुजर सामान्य घाइते भएका छन्। घाइतेहरूको उपचार नोबेल अस्पतालमा भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कार अनियन्त्रित हुनाका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।