झापामा फेरि गौहत्या: मुस्लिम समुदायका व्यक्ति फरार

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर ११, २०८१

विराटनगर/ कन्काई नगरपालिका–३ टप्पुबस्तीमा आज फेरि गौहत्या भएको घटना सार्वजनिक भएको छ। लीला संग्रौलाको ईँटाको गारो र टिनको छानो भएको घर भाडामा लिएर बस्दै आएका मुस्लिम समुदायका व्यक्तिले घरभित्रै गाई काटेको बताइएको छ।

प्रहरीका अनुसार, ती व्यक्तिले हरिकुल स्कुलनजिकबाट दुर्गा सिलवालको लैनो गाई राति चोरी गरी घरमा लगेर काटेका हुन्। घटनास्थलमा भेटिएका प्रमाणका आधारमा गाई राति नै काटिएको अनुमान गरिएको छ। घटनापछि ती व्यक्ति फरार भएका छन्।

घटनाको जानकारी पाएपछि प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। केही महिनाअघि दमकमा पनि गर्भिणी गाईको हत्या गरिएको घटनाले चर्चा पाएको थियो।

यस प्रकारका घटनाले स्थानीयमा आक्रोश बढ्दै गएको छ। प्रहरी प्रशासनले दोषीलाई छिट्टै पक्राउ गरी कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]