झापा गाउँपालिकामा एक दिवसीय कानूनी साहायता शिविर

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित बुधबार, मंसिर १२, २०८१

झापा / झापाको झापा गाउँपालिकाको समन्वय तथा पुर्वाञ्चल विश्व विद्यालय कानूनी संकायको आयोजनामा एक दिवसीय निशुल्क कानूनी सचेतना शिविर गाउँपालिका का.व. अध्यक्ष अञ्जु देवी थपलियाको अध्यक्षतामा सम्पन्न भएको छ ।

संस्थागत सुधार मार्फत न्यायमा पहुच अभिबृद्धि गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको जिल्ला कानूनी साहायता समितिका अधिवक्ता खेमनाथ भट्टराईले जानकारी दिनु भयो । उक्त कार्यक्रममा न्यायपालिका सदस्यहरु, मेलमिलापकर्ता, विद्यालयका प्र.अ.हरु, जनप्रतिनिधि र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

कोशी प्रदेश मुख्यमन्त्रीको कार्यालयका सह सचिव अन्जनी कुमार घिमिरे, आन्तरिक मामिला तथा कानूनी मन्त्रालयका सह सचिव विश्वदिप वेश्रा, पुर्वाञ्चल विश्वविद्यालय कानून संकायका प्राध्यापक सुजन दाहाल र जिल्ला कानुनि साहायता समितिका अधिवक्ता खेमनाथ भट्टराईले स्थानिय तहमा हुने समस्यालाई न्याइक समिति मार्फत कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सहभागीबाट उठेका प्रश्नको जवाफ दिनु भएको थियो । स्थानिय तहले न्यायिक समिति मार्फत गर्न सकिने १२ किसिमका फैसला र १३ किसिमका मेलमिलापका बारेमा अधिवक्ता भट्टराईले सहभागिलाई जानकारी दिनु भएको थियो ।

निशुल्क रुपमा आर्थिक अवस्था कमजोर भएका ब्यक्तिले कसरि कानूनी सेवा लिन सक्छन् भन्ने विषयमा आयोजना गरिएको कार्यक्रमलाई कार्यक्रमको अध्यक्षता गर्नु भएको गाउँपालिका का.व. अध्यक्ष अञ्जु देवी थपलियाले यस्ता शिविरबाट फाईदा पुग्ने बताउदै अन्याय सहनु पनि हुदैन र गर्नु पनि हुदैन भन्दै झापा गाउँपालिका स्थानिय तहमा हुने मुद्दा मामिलालाई स्थानिय तहमा मिलाउन लागि परेको बताउनु भयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]