स्थानीय तह उपनिर्वाचनका लागि मौन अवधि सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर /  स्थानीय तह उपनिर्वाचनका लागि बिहीबार मध्यरातदेखि मौन अवधि सुरु भएको छ। निर्वाचन आयोगका अनुसार मतदानभन्दा ४८ घण्टाअघि लागू हुने कानुनी व्यवस्थाअनुसार मौन अवधि सुरु गरिएको हो। यो अवधिमा कुनै पनि प्रकारको प्रचारप्रसार वा मतदातालाई प्रभावित पार्ने गतिविधि गर्न निषेध गरिएको छ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ का प्रावधानअनुसार मौन अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापामाध्यम लगायत कुनै पनि माध्यमबाट चुनावी प्रचार गर्न पाइने छैन। कुनै पनि दलका पदाधिकारी, उम्मेदवार वा सम्बन्धित व्यक्तिले प्रचारप्रसार गरेको पाइएमा कानुनी कारबाही हुने निर्वाचन आयोगले चेतावनी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]