रंगेलीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, मंसिर १४, २०८१

विराटनगर / मोरङको रंगेली–८ मा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। मङ्सिर १४ गते दिउँसो करिब २ बजे को २ त ३१७२ नम्बरको ट्र्याक्टर खेत जोतेर फर्किने क्रममा फर्सा डाङ्गी पेट्रोल पम्पबाट करिब ५०० मिटर पश्चिमतिर दुर्घटनाग्रस्त भएको हो।

दुर्घटनामा रंगेली–८ निवासी ३० वर्षीय लाला हेमरमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। ट्र्याक्टर पल्टिँदा गम्भीर घाइते भएका हेमरमलाई स्थानीयले उद्धार गर्ने प्रयास गरे पनि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

ट्र्याक्टर अनियन्त्रित भएर पल्टिएको आशंका गरिए पनि दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

स्थानीयहरूले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता दुर्घटनाबाट बच्न ट्र्याक्टर चालकले विशेष सतर्कता अपनाउनुपर्ने बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी
समाचार संयोजक : राजेश कुमार राजवंशी
व्यवस्थापक : मोहन कुमार राजवंशी
सहकर्मी : चन्दन कुमार रौनियार ( सुनसरी )
सहकर्मी : जनक राजवंशी ( झापा )
सहकर्मी : स्याम माझी क्यामेरा मेन ( विराटनगर )
सहकर्मी : कमला चौधरी ( सुनसरी )
सहकर्मी : सुमन राजवंशी ( विराटनगर )
ग्राफिक्स डिजाइनर : निलेश शर्मा ( विराटनगर )
वेबसाइट आई टि : भबेश मण्डल ( विराटनगर )
सल्लाहाकार : रामसुन्दर राजवंशी
सल्लाहाकार : स्यामसुन्दर सुतिहार
सल्लाहकार : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]