

सम्पादकीय नोट ः तपाईँ देश र जनताको लागि सहयोग रसिद लिएर सहर, बजारभरी परिक्रमा गर्नुस् एक लाख रकम सहयोग अशुल उपर नहोला तर भागवत महापुराण, र मन्दिर अथवा भगवान्को नामबाट लाखौँ लाख रकम दान स्वरुप अशुल उपर हुन्छन् । कोशी प्रदेशको राजधानी विराटनगरको एक मन्दिरमा भएको सात दिने भागवत महापुराणबाट करिब ६४ लाख भन्दा बढि रकम दान स्वरुप संकलन भएको प्रेसमिटबाट जानकारी केहिदीन अगाडि गराएका थिए ।
२४ लाख खर्च गरि ६४ लाख चन्दा स्वरुप दान संकलन भएको छ । उत्त मन्दिरको सञ्चालक समितिले गरिएको सात दिने भागवत महापुराणमा कुल खर्च रु २४ लाख भन्दाबढि खर्च गरिएको उत्त समितिले करिब ६४ लाख चन्दा सहयोग रकम आएको प्र्रेसमिटबाट जानकारी गराएका हुन् ।
विराटनगर / विराटनगरको संसारीमाई स्थान संरक्षक समितिले कार्तिक २३ गतेदेखि २९ गते सम्म लगाइएको भागवत महापुराणबाट चन्दा स्वरुप ६४ लाख संकलन गरेका छन् । संरक्षण समितिले पत्रकार सम्मेलन गरी ७ दिनको महापुराणमा चन्दातावाट संकलन भएको ६३ लाख १ सय २०, कलस विक्रीवाट १ लाख १३ हजार २ सय ५० र बैक व्याजबाट आएको २ हजार चार सय ११ रुपिया ९२ पैसा गरी जम्मा ६४ लाख १५ हजार ७ सय ८१ रुपीयाँ ९२ पैशा भएको हो ।
त्यसैगरी खर्च तर्फ कथावाचन सेवा गर्नेले १० लाख र प्रचार प्रसारमा २ लाख २३ हजार ८ सय ३० रुपियाँ लगायत करिब २४ लाख खर्च भएको मन्दिर संरक्षण समितिको आय व्यय विवरणमा उल्लेख छ । खर्च कट्टा गरी बाँकी रहेको रकम बैकमा जम्मा गरी राखिएका छ । चन्दादताहरुवाट आएको रकमवाट संसारीमाई स्थानको संरक्षण र सम्वद्धन खर्च हुने बताइएको छ ।