झापामा ९ थान आइफोनसहित एक जना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर १६, २०८१

विराटनगर /सशस्त्र प्रहरीले झापामा ९ थान आइफोनसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको किसनगंज–१ जानकी चौक बस्ने २८ वर्षीय इस्त्राफिल रहेका छन्।

सशस्त्र प्रहरी बल, नेपाल बिओपी पन्थापाडाबाट खटिएको गस्ती टोलीले झापा गाउँपालिका–४ सुकुम्बासी टोलस्थित सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेको BR37Z8101 नम्बरको भारतीय मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा इस्त्राफिलको साथबाट ९ थान सेकेन्ड ह्यान्ड आइफोन बरामद गरेको हो। ती मोबाइल फोनको बजार मूल्य करिब ९ लाख रुपैयाँ रहेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज विष्टका अनुसार पक्राउ परेका व्यक्ति र बरामद सामान भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ।

अवैध वस्तु ओसारपसारमा संलग्न व्यक्तिमाथि आवश्यक अनुसन्धान तथा कारबाही अघि बढाइने सशस्त्र प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]