झापाको सताक्षीधाममा गोरक्षा महोत्सव सुरु, बालसन्त मोहनशरण देवाचार्यद्वारा उद्घाटन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १७, २०८१

विराटनगर / झापाको सताक्षीधाममा आजदेखि सुरु भएको गोरक्षा महोत्सवको उद्घाटन श्री विभूषित नेपालका प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यजी महाराजले गरेका छन्। उद्घाटन कार्यक्रममा उनले गाई हत्या जस्तो संवेदनशील विषयमा राज्यको उदासीनता रहेको भन्दै आपत्ति जनाए।

उनले पछिल्लो समय झापाको कन्काई र अर्जुनधारा क्षेत्रमा भएको गाई हत्याका घटनाले हिन्दू धर्ममाथि आक्रमण भइरहेको प्रमाणित गरेको बताए। “गौहत्यामा संलग्नलाई सरकारले कडा कानुनी कारबाही गर्नुपर्छ,” भन्दै बालसन्तले हिन्दू धर्मावलम्बीहरू एकजुट भएर धर्मको रक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्राले सताक्षीधामलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न नगरपालिका प्रतिवद्ध रहेको बताए। उनले गोरक्षा महोत्सवलाई भव्य बनाउन एक दिनको सार्वजनिक बिदा दिएको जानकारी पनि दिए।

कार्यक्रमका क्रममा बालसन्त मोहनशरण देवाचार्यले ५१ फिट अग्लो सवा करोड रुद्राक्ष जडित शिवलिङ्गको अनावरण गरे। शिवलिङ्गसँगै १ करोड १५ लाख रुपैयाँ लागतमा निर्माण भएको तीन तले बहुउपयोगी अन्नपूर्ण भण्डार भवनको पनि उद्घाटन गरियो। यस भवनमा भोजनालय, सभाहल र सन्त महात्माका लागि आवासको व्यवस्था गरिएको छ।

महोत्सवमा श्री लिङ्ग महापुराणको कथा पनि सुरु गरिएको छ, जुन मंसिर २४ सम्म सञ्चालन हुनेछ। रुद्र–गौरी–श्री अम्बिका ओली प्रतिष्ठानकी संस्थापक तुलसादेवी ओलीले १ लाख ५१ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेर महोत्सवलाई थप बल प्रदान गरेकी छन्।

गोलोक गोवर्धन गौशालाका अध्यक्ष नन्दकिशोरजी महाराजको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा कांग्रेस सभापति देउकुमार थेवे, विभिन्न धार्मिक संस्थाका प्रतिनिधि, र भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सताक्षीधामलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नका लागि स्थानीय सरकार र धार्मिक संस्थाहरूले आपसी सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]