एनपीएलमा जनकपुर बोल्ट्सको लगातार दोस्रो जीत, कर्णाली याक्सलाई ८ विकेटले हरायो

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर १७, २०८१

विराटनगर /  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित दर्ता गरेको छ। आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले कर्णाली याक्सलाई ८ विकेटले पराजित गर्दै शानदार प्रदर्शन जारी राख्यो।

कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य जनकपुरले मात्र १५.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। जनकपुरका कप्तान अनिल शाहले नटआउट रहँदै ६२ रनको उत्कृष्ट इनिङ्स खेले। उनलाई आसिफ शेखले ३६ रनको योगदान गर्दै साथ दिए। कर्णालीका मौसम ढकाल र जीशान मक्सूदले जनकपुरका १-१ विकेट लिएका थिए।

टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सले २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएको थियो। कर्णालीका गुल्सन झाले ३६ रन, अर्जुन घर्तीले ३३ रन, र कप्तान सोमपाल कामीले नटआउट २९ रन बनाए। भारतीय खेलाडी शिखर धवन १४ रनमा आउट भए। जनकपुरका बलर मोहम्मद मोहसिनले २ विकेट लिए।

यसअघि, जनकपुरले उद्घाटन खेलमा विराटनगर किङ्ग्सलाई पराजित गरेको थियो। यस जितसँगै जनकपुर बोल्ट्सले प्रतियोगितामा उत्कृष्ट लय समातेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण नामक साप्ताहिक पत्रिका द्वरा सञ्चालीत ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो ।

पत्रिका दर्ता नं २८०

हाम्रो टीम

सम्पादक तथा प्रकाशक :-संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय:-राजधानी विराटनगर, कोशी प्रदेश

सम्पर्क नम्बर :- 9827072150,9842555493
इमेल :- [email protected]