सुनसरीको हरिपुरबाट गाजा बोकेको ट्रकसहित ४ जना पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १९, २०८१

विराटनगर/ सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरबाट गाजा बोकेको ट्रकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले प्रदेश १–२०२–००२ख ०४१४ नम्बरको ट्रकको पछाडि कालो त्रिपालले छोपिएको अवस्थामा ३४० केजी गाजा बरामद गरेको हो।

बरामद गाजा ११ वटा बोरामा राखिएको थियो। पक्राउ परेकामध्ये ट्रक धनी तथा चालक धनकुटा भूमि गाउँपालिका–४ का ३० वर्षीय जयप्रकाश राई छन्। यस्तै, भोजपुरको पौवादुम्बा गाउँपालिका–६ का २२ वर्षीय समिर राई, सुनसरी गाउँपालिकाका २५ वर्षीय बिहारी मुखिया र २२ वर्षीय रुपेश यादव पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका चारै जनाविरुद्ध अदालतबाट म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ। गाजा ओसारपसारमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरीले कडाइका साथ काम गरिरहेको जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]