राजन मुकारुङको शब्द र विक्रम राईको संगीतमा ‘छेकामारी’ सार्वजनिक

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर १९, २०८१

विराटनगर/ गायक हिमाल राईले आफ्नो नयाँ गीत ‘छेकामारी’ सार्वजनिक गरेका छन् । किरात भाकामा आधारित गीतमा राजन मुकारुङको शब्द र विक्रम राईको संगीत रहेको छ। गीतलाई देवेश राईले एरेन्ज गरेका हुन् ।

प्रेमिकाको वर्णन गरिएको गीतको भिडियोमा दिलेन्द्र मुकारुङ, इशा आङदेम्बे, मोहन मगर, टीकाबहादुर मगर, राज खिम्दिङ लिम्बू र सविन शंकर फिचर्ड गीतलाई ‘हिमाल राई अफिसियल’ युट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।

‘छेकामारी’ भिडियोलाई जीवन मुकारुङले छायांकन तथा सम्पादन गरेका हुन् ।

भिडियो लिंक 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]