नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट: आज दुई रोमाञ्चक खेल हुँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २२, २०८१

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज शनिबार दुई महत्वपूर्ण खेल हुँदैछन्।

बिहान ९ बजे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स प्रतिस्पर्धामा उत्रनेछन्। लुम्बिनी लायन्सका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ किनभने टोलीले यसअघि खेलेका दुवै खेलमा पराजय ब्यहोरेको छ। अपराजित रहेको सुदूरपश्चिम रोयल्स भने उच्च आत्मविश्वासका साथ मैदानमा उत्रनेछ। सुदूरपश्चिम ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहेको छ भने लुम्बिनी शून्य अङ्कसहित पुछारमा छ।

दिउँसो १ बजे दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्स भिड्नेछन्। दुवै टोलीले यसअघिका तीन खेलमध्ये एउटा खेल मात्र जितेका छन्। कर्णाली छैटौं स्थानमा र विराटनगर सातौं स्थानमा रहेका छन्। तालिकाको शीर्ष स्थानमा भने तीन वटै खेल जितेको जनकपुर बोल्ट्स ६ अङ्कसहित कायम छ।

आजका खेलहरूबाट टोलीहरूको तालिका स्थिति कस्तो रहनेछ भन्ने कुरामा सबैको ध्यान केन्द्रित भएको छ। क्रिकेटप्रेमीहरू यी खेलहरूको उत्साहका साथ प्रतिक्षा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]