ज्येष्ठ नागरिक सेवा समाजले ज्येष्ठ आमालाई तीर्थयात्रा गरायो 

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २२, २०८१

विराटनगर / विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाजले ज्येष्ठ नागरिकहरुलाई तीर्थयात्रा गराएको छ ।

समाजमार्फत ३५ जना ज्येष्ठ आमाहरुलाई ३ दिने तीर्थयात्रा गराइएको हो । विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले तीर्थयात्रामा जाने आमाहरुको विदाई गरेकी थिइन् । उपमेयर कार्कीले आमाहरुको धार्मिक यात्रा सफलताको शुभकामनासमेत व्यक्त गरिन् । समाजकी सदस्य समाजसेवी अनुजा कोइरालाका अनुसार ज्येष्ठ आमाहरुलाई देवघाटका विभिन्न मठमन्दिर, आश्रम, मौलाकाली मन्दिर र शाश्वत धामको दर्शन गराइएको थियो ।

समाजकी अध्यक्ष अञ्जु कार्की, उपाध्यक्ष मिलन कार्की, सहसचिव विन्दु लाखे र सदस्य अनुजा कोइरालाले आमाहरुलाई तीर्थयात्रामा लिएर गएका थिए । आउँदा–जाँदा गाडीमा भजन गाउँदै आमाहरुलाई रमाइलो गराइएको थियो । सामूहिक रुपमा तीर्थयात्रा गराउँदा आमाहरु निकै खुसी भएको अध्यक्ष कार्कीको भनाइ थियो । समाजले यसअघि ज्येष्ठ नागरिकलाई वनभोज गराएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]