बुद्धशान्तिमा बेवारिसे अवस्थामा नवजात शिशु फेला

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर २४, २०८१

विराटनगर/ बुद्धशान्ति गाउँपालिका–४ धर्ममार्गस्थित एक खाली घरमा आज दिउँसो बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। स्थानीय ३५ वर्षीया मिना लिम्बूले घाँस काट्न जाने क्रममा किरण मगरको खाली घरमा रहेको कुखुराको खोरमाथि दुई दिनको जस्तो देखिने नवजात शिशु (छोरी) फेला पारेकी हुन्।

शिशुलाई तन्ना, सुरुवाल, र भेलभेटको तौलीमा पोको पारेर छोडिएको अवस्थामा लिम्बूले फेला पारेपछि आफ्नो घरमा ल्याएर अस्थायी प्रहरी चौकी मंगलबारेलाई जानकारी गराएकी थिइन्।

नवजात शिशुको अवस्था सामान्य रहेको र उनलाई वडा अध्यक्ष शेरबहादुर राईको जिम्मा लगाई प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जनाइएको छ।

यसअघि कात्तिक २९ गते मेचीनगरको निन्दा खोलानजिकै घारीमा सालनालसहितको नवजात शिशु फेला परेको थियो। ३७ वर्षीया इन्दिरा प्रसाई (अधिकारी) ले मर्निङ वाकको क्रममा शिशुलाई फेला पारेकी थिइन्।

ती शिशुलाई तत्काल संरक्षणका लागि मेचीनगर–१० वडा कार्यालयमार्फत फेला पार्ने अधिकारीलाई जिम्मा दिइएको थियो। तर, पाँच दिनपछि ती शिशुको निधन भएको थियो।

लगातार दुई घटनाले नवजात शिशुहरूको बेवारिसे अवस्थामा भेटिनुका कारण र यसप्रति समाजको उत्तरदायित्वबारे गम्भीर चिन्तनको आवश्यकता औंल्याएको छ। शिशुको सुरक्षित संरक्षण र जिम्मेवार नागरिक चेतनाको खाँचो महसुस गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]