मेचीनगरको मदरसामा आगलागी, ३ लाखको क्षति

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर २४, २०८१

विराटनगर/ झापाको मेचीनगर–१४ प्रणामीनगर टोलमा रहेको मदरसा मझारे सरिफ मा गएराति आगलागी भएको छ। राति १२:१० बजेतिर एकतले पक्की र माथि टिनको छाना भएको मदरसाको सभाहलमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको हो।

आगो स्थानीयवासी, प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली, र मेचीनगर तथा भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा राति १२:३० बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट मदरसाको सभाहल आंशिक रूपमा जलेर अन्दाजी ३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

आगो लाग्नको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। स्थानीयहरूले आगलागीबाट थप ठूलो क्षति हुन नदिन त्वरित प्रयास गरेकाले आगो समयमा नियन्त्रणमा आएको हो।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी
समाचार संयोजक : राजेश कुमार राजवंशी
व्यवस्थापक : मोहन कुमार राजवंशी
सहकर्मी : चन्दन कुमार रौनियार ( सुनसरी )
सहकर्मी : जनक राजवंशी ( झापा )
सहकर्मी : स्याम माझी क्यामेरा मेन ( विराटनगर )
सहकर्मी : कमला चौधरी ( सुनसरी )
सहकर्मी : सुमन राजवंशी ( विराटनगर )
ग्राफिक्स डिजाइनर : निलेश शर्मा ( विराटनगर )
वेबसाइट आई टि : भबेश मण्डल ( विराटनगर )
सल्लाहाकार : रामसुन्दर राजवंशी
सल्लाहाकार : स्यामसुन्दर सुतिहार
सल्लाहकार : भोजराज घिमिरे

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]