पथरीशनिश्चरेका लेखक दिपेन्द्रराज तिमल्सिना गौरादहमा सम्मानित

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, मंसिर २४, २०८१

विराटनगर/  इतिहास र लेखनमा लामो समयदेखि सक्रिय मोरङको पथरीशनिश्चरेका खोजकर्ता तथा लेखक दिपेन्द्रराज तिमल्सिना झापाको गौरादहमा विशेष सम्मानित भएका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाज, गौरादह गाउँपालिकाको आयोजनामा सम्पन्न तेस्रो नगर अधिवेशनको अवसरमा तिमल्सिनालाई प्रमुख अतिथि मुक्ति समाजका केन्द्रीय सचिव र झापा जिल्ला समन्वय समितिका पूर्व प्रमुख सोमनाथ पोर्तेलले सम्मान गरेका हुन्।

तिमल्सिनाले पृथ्वीनारायण शाहका सल्लाहकार बिसे नगर्चीबारे गरेको गहिरो अनुसन्धान र “गुमनाम एक इतिहास: बिसे नगर्ची” पुस्तक प्रकाशनमार्फत दलित समुदायको गौरवशाली इतिहास उजागर गरेका छन्। यो पुस्तक नेपालमा दलित इतिहासको दस्तावेजका रूपमा मानिएको पहिलो ऐतिहासिक कृति हो।

कार्यक्रममा समाजका नगर सचिव रोहित सेन्चुरीले तिमल्सिनाको योगदानलाई ऐतिहासिक महत्त्वको रूपमा प्रशंसा गर्दै, उनका लेखन र खोजहरूले राज्यलाई महत्वपूर्ण दस्तावेज उपलब्ध गराएको बताए। हाल पुस्तकको दोस्रो संस्करण वितरणमा रहेको जानकारी दिइएको छ।

त्यसैगरी, अधिवेशनमा अन्तरजातीय विवाह गरेका दलित जोडीहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा समाजका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, र विभिन्न समुदायका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

तिमल्सिनाको योगदानले नेपाली समाजमा दलित इतिहासको संरक्षण र अध्ययनमा प्रेरणा प्रदान गरेको भन्दै प्रशंसा गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]