गढीमाई मेलाबाट फर्किरहेका यात्रु सवार स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर २५, २०८१

विराटनगर/ बाराको गढीमाई मेलाबाट सिराहा फर्किरहेका दर्शनार्थी सवार स्कारपियो गाडी दुर्घटनामा परी ८ जनाको ज्यान गएको छ। रौतहटको चन्द्रपुर नगरपालिकास्थित धन्सार–लमाहा सडक खण्डमा मंगलबार बिहान भएको दुर्घटनामा ४ जना घाइते भएका छन्।

बा १६ च ३१६२ नम्बरको स्कारपियो अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्किँदा गम्भीर दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार, दुर्घटनामा सिराहा अर्नमा गाउँपालिका–३ की ६० वर्षीया फुलमन्ति रामको उपचारका क्रममा मृत्यु भएको छ। साथै, अन्दाजी ४५ वर्षीय स्कारपियो चालकको पनि उपचारका क्रममा ज्यान गएको छ। अन्य मृतकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]