झापाका पुर्व नगर प्रमुख शिवाकोटी बालिका बलात्कारको आरोपमा पक्राऊ

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, मंसिर २५, २०८१

विराटनगर/ घरमा कम गर्न राखिएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापाको बिर्तामोड नगरपालिकाका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटी पक्राउ परेका छन् ।

झापाको काँकडभिट्टाबाट उद्दार गरिएकी १७ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बालिकाको बुबा छैनन् । आमा भारतको आसाममा बस्छिन् । घरको काम गर्दै पढाइदिने भनेर उनलाई शिवाकोटीले घरमा राखेको प्रहरीले जनाएको छ ।

काँकडभिट्टाबाट भारत जान खोज्दै गर्दा नाकामा रहेको आफन्त नेपाल नामक संस्थाको सहयोगमा प्रहरीले उनलाई उद्दार गरेको हो । बालिकाले घटनाका बारेमा सुनाएपछि प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार शिवाकोटीमाथि करणी आरोपको विषयमा अनुसन्धान भइरहेको छ ।

शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार भइ बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]