दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीलाई गति दिने बोर्ड बैठकको निर्णय

Logo
ग्रामीण सहकर्मी / विराटनगर प्रकाशित बुधबार, मंसिर २६, २०८१

विराटनगर / कोशी प्रदेश खेलकुद विकास बोर्डले चैत २३ गते देखि कर्णालीको सुर्खेतमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक रकम भागवण्डा गरि जिल्लामा पठाउने निर्णय गरेको छ। आज बोर्ड कार्यालयमा बसेको बोर्डको २३ औं बैठकले प्रतियोगिता लक्षित तयारीलाई गति दिने गरि जिल्लामा पैसा पठाउने निर्णय गरेको हो।

बोर्डका अध्यक्ष तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै राईले १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेश पूर्ण तयारी साथ प्रस्तुत हुने बताउनु भएको थियो। राईले कोशी प्रदेशले अधिक संख्यामा पदक जित्ने गरि तयारीमा लाग्नु पर्ने र आवश्यकता अनुसार कोशी प्रदेश सरकार र बोर्डले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो।

बोर्डका सदस्य सचिव कृष्ण बस्नेत ( पर्शुराम ) ले बोर्ड बैठक राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी सँगै बोर्डको भौतिक संरचना तथा सम्पत्तिको अभिलेखीकरण गर्ने साथै खेल संघ संस्थाहरुको संचालन तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन – २०८१ लाई पारित गरेको जानकारी दिनु भयो।

त्यस्तै , बैठकले बोर्डको आर्थिक कार्यविधि निर्माण गर्ने , मोरङको बैजनाथपुर र सुनसरीको इटहरी रंगशालाको व्यवस्थापन समिति निर्माण गर्ने , बोर्डको संगठन तथा व्यवस्थापन सर्वेक्षण ( ओ एण्ड एम सर्भे ) गर्ने लगायतको निर्णय गरेको बस्नेतले बताउनु भयो।

सदस्य सचिव बस्नेतका अनुसार बैठकले बोर्डको वार्षिक कार्यक्रम कार्ययोजना निर्माण गरेर प्रदेशस्तरीय खेलकुद आयोजना गर्ने निर्णय समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]