ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, मंसिर २६, २०८१

विराटनगर/ मोरङको विराटनगर महानगरपालिका–१५ स्थित ढाँट क्षेत्रबाट २०.७० ग्राम ब्राउन सुगरसहित एक व्यक्ति पक्राउ परेका छन्। लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मंसिर २५ गते (मंगलबार) बेलुका ५ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका जीवन तामाङलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका तामाङको स्थायी ठेगाना संखुवासभा जिल्लाको बाह्रबिसे गाउँपालिका–१ हो। प्रहरीले उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय रानी, मोरङमा राखेको छ।

संयुक्त टोलीले लागुऔषध नियन्त्रणलाई थप कडाइ गर्ने उद्देश्यले सीमा क्षेत्रका गतिविधिमा निगरानी बढाएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]