नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई रोमाञ्चक खेल हुने

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर/ नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेलमा बिहान ९ बजे पोखरा एभेन्जर्स र विराटनगर किंग्स आमनेसामने हुनेछन्।

दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण छ। प्लेअफ सम्भावना कायम राख्न दुबै टोलीलाई जित्नैपर्ने दबाब छ। हालसम्म तालिकामा पोखरा सातौं र विराटनगर आठौं स्थानमा छन्। आजको खेल जितेमा दुवै टोलीको ४ अंक पुग्नेछ, जसले प्लेअफमा स्थान बनाउने सम्भावना जीवित राख्न मद्दत पुर्‍याउनेछ।

पोखरा एभेन्जर्स सम्भावित टोली:

आन्द्रेस गौस

दिनेश खरेल

कुशल भुर्तेल

रेमोन रेइफर

दिलिप नाथ

म्याट क्रिटले

माइकल लिस्क

नारायण जोशी

विपिन खत्री

सागर ढकाल

आकाश चन्द

विराटनगर किंग्स सम्भावित टोली:

मार्टिन गप्टिल

लोकेश बम

निकोलस किर्टोन

नरेन भट्ट

स्कट एडवार्ड्स

बसिर अहमद

दीपक बोहरा

क्रिस सोल

प्रतिश जिसी

सन्दिप लामिछाने

अनिल खरेल

दोस्रो खेल दिउँसो १ बजे जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच हुनेछ। जनकपुरले यसअघि लगातार चार खेल जितेको भए पनि बुधबार सुदूरपश्चिम रोयल्ससँग ५१ रनमै अलआउट हुँदै पराजित भएको थियो। काठमाडौंलाई पराजित गर्दै जनकपुर प्लेअफको स्थान बलियो बनाउन चाहन्छ, जबकि काठमाडौं जितको खोजीमा छ।

जनकपुर बोल्ट्स सम्भावित टोली:

अनिल शाह

आसिफ शेख

लाहिरु मिलान्था

हर्श थाकर

अरनिको यादव

जिमी नीशम

जोसुआ ट्रोम्प

शेर मल्ल

ललित राजवंशी

किशोर महतो

शुभ कंसाकार

काठमाडौं गुर्खाज सम्भावित टोली:

माइकल लेभिट

स्टेफेन इस्किनाजी

भीम सार्की

सुमित महर्जन

जेरार्ड एरासमस

डान डौथवेट

प्रतिक श्रेष्ठ

करण केसी

रासिद खान

शाहब आलम

दपेश कँडेल

पोखरा र विराटनगरका लागि आजको खेल प्लेअफका लागि निर्णायक मानिएको छ भने जनकपुर र काठमाडौं दुवै टोली उत्कृष्ट प्रदर्शन गरेर शीर्ष स्थानमा रहन चाहन्छन्। क्रिकेट समर्थकहरूले खेललाई रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]