जाजरकोटमा बोलेरो गाडी दुर्घटना: पाँच जनाको मृत्यु, दुई घाइते

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, मंसिर २७, २०८१

विराटनगर/ जाजरकोटको कैना-कड्के सडकको वीरखोला नजिक बुधबार ग ३ च ९८४५ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

दुर्घटनामा नलगाड नगरपालिका-३ करुवाका ३१ वर्षीय गाडी चालक ईन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका, र लक्ष्मीका एक महिनाका छोरा आलोचनको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा १९ वर्षीय जनक थापा र २१ वर्षीय जीवन विक घाइते भएका छन्। उनीहरूलाई नजिकको स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ।

प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएर सडकबाट करिब ७ सय मिटर तल खस्दा दुर्घटना भएको हो। उक्त गाडी मालवाहक प्रयोजनका लागि प्रयोग भइरहेको थियो।

दुर्घटनाबाट स्थानीय क्षेत्र शोकमग्न भएको छ। मृतक परिवारप्रति समवेदना प्रकट गर्दै दुर्घटनाको कारण थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सडकको दुरावस्था र सवारी साधनको मर्मतसम्भारमा ध्यान नदिँदा यस्ता दुर्घटनाहरू बारम्बार भइरहेको स्थानीयले बताएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]