झापाको गौरीगञ्जमा आगलागी: ३ विगाह खेतको धानको कुन्यू जलेर नष्ट

Logo
ग्रामीण सहकर्मी प्रकाशित शनिबार, मंसिर २९, २०८१

विराटनगर/ झापाको गौरीगञ्ज गाउँपालिका–४, बारासुतीमा आज साँझ आगलागी हुँदा ३ विगाह खेतमा राखिएको धानको कुन्यू पूर्णरूपमा जलेर नष्ट भएको छ। सहदेव भनिने श्रीदेव राजवंशीको खेतमा साँझ करिब ६ बजेतिर अचानक आगो लागेको हो।

आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। धानको कुन्यूमा आगलागी के कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी खजुरगाछी र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोली, स्थानीयबासी, र गौरादह नगरपालिकाको दमकलको सहयोगमा आगो साँझ ६:५० बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो।

आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। यस घटनाले कृषक राजवंशीलाई ठूलो आर्थिक क्षति पुर्‍याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]