किरात समुदायद्वारा आज उधौली पर्व मनाइँदै

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

विराटनगर / मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किरात समुदायले पितृको सम्मान र प्रकृतिको कदर गर्दै उधौली पर्व मनाउँदैछन्।

उधौली पर्व किरात समुदायभित्र विभिन्न नामले चिनिन्छ। याक्खाले ‘चासुवा’, सुनुवारले ‘फोलस्यादर’, राईले ‘उधौली सकेला’ र लिम्बूले ‘चासोक तङनाम’ का रूपमा यो पर्व मनाउने गर्छन्। किरात संस्कृति अध्ययनकर्ता कीर्तिकुमार दुमी राईका अनुसार नाम फरक भए पनि यो पर्वलाई समग्रमा उधौलीकै रूपमा चिनिन्छ।

उधौली पर्वको मुख्य उद्देश्य अन्नबाली पाकेपछि इष्टदेवताप्रति आभार प्रकट गर्नु, खान अनुमति माग्नु र पितृलाई स्मरण गर्नु हो। यो पर्वलाई खेतीपाती र प्रकृतिसँग जोडेर हेर्ने गरिन्छ। वैशाख शुक्ल पूर्णिमामा उभौली पर्व मनाउँदै बाली लगाउने परम्परा छ भने आज उधौली पूजा गरी पितृ र भूमिलाई धन्यवाद दिइन्छ।

आज किरात समुदायले भूमिपूजा गर्दै दिनभर विभिन्न परम्परागत नृत्यहरू प्रस्तुत गर्नेछन्। किरात पुरुष तथा महिलाहरू जातीय वेशभूषामा सजिएर साकेला सिली, च्याब्रुङ नाच र अन्य सिली प्रस्तुत गर्छन्। ललितपुरको ऐतिहासिक सानो हात्तीवनमा आज विशेष पूजाआजा र सांस्कृतिक कार्यक्रम गरी पर्व मनाउने तयारी छ।

उधौली र उभौली पर्वलाई पर्यावरणीय चक्रसँग जोडिएको मानिन्छ। जाडोयाममा तल्लो भूभागतर्फ झर्ने र गर्मीयाममा माथिल्लो भूभागतर्फ सर्ने प्राकृतिक प्रक्रिया नै उधौली र उभौली पर्वका रूपमा मनाइन्छ।

किरात समुदायको संस्कृति र प्रकृतिप्रतिको श्रद्धा झल्काउने यो पर्वले पर्यावरण संरक्षण र जैविक विविधताको महत्वसमेत उजागर गर्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]