इलाममा करेन्ट लागेर विद्युत मजदुरको मृत्यु

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, मंसिर ३०, २०८१

इलाम/ इलामको सन्दकपुर–४ माबु सायाङ्बामा करेन्ट लागेर एक विद्युत मजदुरको मृत्यु भएको छ। हिजो साँझ ५ बजे विद्युतको पोलमा तार जडान गर्ने क्रममा इलाम–४ निवासी अन्दाजी ३० वर्षीय गोपाल राईलाई एक्कासि करेन्ट लागेको थियो।

घाइते राईलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाम ल्याइए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

घटनास्थलमा प्रहरी चौकी माबुको टोली खटिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। मृतकको शव अहिले जिल्ला अस्पताल इलाममै राखिएको छ।

विद्युत जडान कार्यमा लापरवाहीका कारण यस्तो दुःखद घटना भएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाबारे विस्तृत विवरण संकलन गरिरहेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]