काठमाडौं महानगरपालिकाका पूर्वमेयर पिएल सिंहको निधन

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०१, २०८१

विराटनगर/ काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पिएल सिंहको ८५ वर्षको उमेरमा निधन भएको छ। सिंहको निधन ठमेलस्थित चाक्सीबारीको आफ्नै निवासमा भएको हो।

सिंह लामो समयदेखि आन्द्राको समस्याबाट पीडित थिए। २०४९ सालको स्थानीय निर्वाचनमा विजयी हुँदै उनी काठमाडौं नगरपालिकाका मेयर बनेका थिए। पञ्चायत व्यवस्थापछि सिंह काठमाडौंका पहिलो मेयरका रूपमा निर्वाचित भएका थिए।

उनको निधनको खबरले काठमाडौं महानगरपालिका शोकमा छ। सिंहको योगदानको सम्मानस्वरूप महानगरपालिकाले शोक विदा घोषणा गरेको छ।

पूर्वमेयर सिंहको निधनप्रति काठमाडौं महानगर, विभिन्न राजनीतिक दल, र सर्वसाधारणले गहिरो दुःख व्यक्त गरेका छन्। उनका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै सिंहको आत्माको चिरशान्तिको कामना गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]