प्रतिबन्धित लागू औषधसहित संजय मण्डल पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०१, २०८१

विराटनगर / मोरङको रंगेली नगरपालिका–७ स्थित शुक्रबारेमा सञ्चालनमा रहेको इसान्त फार्मेसीबाट प्रतिबन्धित लागू औषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी संजय कुमार मण्डललाई पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काको टोली र लागू औषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले २१ वर्षीय संजयलाई पक्राउ गरेको हो।

फार्मेसीमा खानतलासी गर्दा प्रतिबन्धित लागू औषध TRAMADOL का ५,३०० क्याप्सुल, SPASPAIN का २,००० ट्याबलेट र Diyse-20 का १३,६०० ट्याबलेट फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका मण्डललाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय रंगेलीमा थप अनुसन्धान भइरहेको छ। रंगेली प्रहरीले प्रतिबन्धित औषधि बिक्रीवितरणमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको समेत जानकारी दिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]