धनकुटामा गाँजाका बोट नष्ट गर्ने अभियान सम्पन्न

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०२, २०८१

विराटनगर/ मिति २०८१ पुस १ गते, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा जिल्लामा गाँजाका बोट नष्ट गर्ने अभियान सफलतापूर्वक सम्पन्न भएको छ।

प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनकुटा मातहतका इलाका प्रहरी कार्यालय छिन्ताङ, राजारानी, भेडेटार, आँखिसल्ला र त्रिवेणीबाट खटिएर जिल्लाका विभिन्न स्थानहरूमा अवैध र प्राकृतिक रूपमा उम्रेका गाँजाका बोटहरू नष्ट गरे।

साहिदभूमि गाउँपालिका वडा नं. २, ५, ७ र साँगुरीगढी गाउँपालिका वडा नं. ७, ४ मा रहेको अन्दाजी ४५ रोपनी क्षेत्रफलको क्षेत्रमा फैलिएका ३२,९०० गाँजाका बोटहरू फडानी गरी जलाई नष्ट गरिए।

यस अभियानले गाँजा उमार्ने र व्यापार गर्ने कार्यविरुद्ध कडा कदम चालिएको संकेत गर्दछ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]