विराटनगर बसपार्कमा सिटी सफारी चालकमाथि खुकुरी प्रहार, अभियुक्त पक्राउ

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, पुष ०३, २०८१

विराटनगर /  विराटनगर बसपार्कमा मंगलबार साँझ एक सिटी सफारी चालकलाई खुकुरी प्रहार गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विराटनगर–११ का ‘टोले गुण्डा’ भनेर चिनिने रेमन कट्टेल भएको प्रहरीले जनाएको छ।

मंगलबार राति करिब ९ बजे कट्टेलले विराटनगर–१२ का विजय कामतमाथि खुकुरी प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका कामतको बाँयाँ हातको नाडीमा गहिरो चोट लागेको छ। उनको हाल विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ।

मोरङ प्रहरीले दिएको जानकारीअनुसार कट्टेल यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको पाइएका छन्। जनपथ टोलका उनी स्थानीय क्षेत्रमा आतंक मच्चाउँदै आएको बताइएको छ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]