रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण ;- मेयर कोइराला

Logo
ग्रामीण सहकर्मी प्रकाशित बिहिबार, पुष ०४, २०८१

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शैक्षिक गुणस्तर वृद्धि र रोजगारी सिर्जनामा संस्थागत विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

प्याब्सन विराटनगरका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई दिँदै मेयर कोइरालाले सामुदायिक र निजी विद्यालयलाई सँगसँगै लान सकेमात्रै शिक्षाको गुणस्तर वृद्धि हुने बताउनुभयो । उहाँले कमजोर र कम विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयलाई मर्जर गर्ने नीति महानगरले लिएको उल्लेख गर्नुभयो । मेयर कोइरालाले संस्थागत विद्यालयहरुले पनि कमजोर विद्यालयलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महानगरले विगतदेखि नै प्याब्सनसँग सहकार्य गरेर अगाडि बढिरहेको स्मरण गर्नुभयो । उहाँले भविष्यमा पनि प्याब्सनसँग सहकार्य गरेर अगाडि बढ्न महानगर तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मेयर कोइरालले नवनिर्वाचित अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा, सचिव चिरञ्जीवि तिम्सिना, कोषाध्यक्ष गोपाल रिजाललगायतलाई खादा लगाएर बधाई तथा शुभकामना दिनुभयो । सो अवसरमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसमेतको उपस्थिति रहेको थियो । नवनिर्वाचित अध्यक्ष अर्जुन श्रेष्ठले शिक्षासँग सम्बन्धित हरेक गतिविधिमा प्याब्सन महानगरसँगै रहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले महानगरले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्डलगायतका प्रतियोगितामा पनि प्याब्सनले सक्रिय सहभागिता जनाउँदै आएको स्मरण गर्नुभयो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]