कोशी प्रदेश प्रहरी प्रमुखद्वारा राष्ट्रिय फुटबल प्रतियोगिताका खेलाडीहरूलाई शुभकामना

Logo
ग्रामीण सहकर्मी प्रकाशित शुक्रबार, पुष ०५, २०८१

विराटनगर/  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंज, काठमाडौँमा पुस ७ देखि १६ गतेसम्म सञ्चालन हुने “४२ औँ आईजीपी रनिङ शिल्ड” पुरुष राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुने कोशी प्रदेशका प्रहरी खेलाडीहरूलाई हौसला र सफलताको शुभकामना प्रदान गरेका छन्।

शुभकामना प्रदान गर्दै प्रमुख अधिकारीले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे। उनले प्रतियोगितामा अनुशासन, आत्मविश्वास, र खेल भावना प्रदर्शन गर्दै प्रदेशको नाम उच्च राख्न प्रेरित गरे।

कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, तथा अन्य वरिष्ठ र कनिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो।

प्रहरी प्रमुख अधिकारीको शुभकामनाले खेलाडीहरूलाई उत्साहित बनाएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कोशी प्रदेशले उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]