गायक सामिर बिकको ‘भन तिमीले के पायौं’ म्युजिक भिडियो सार्वजनिक

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष ०७, २०८१

विराटनगर/ गायक सामिर बिकको नयाँ म्युजिक भिडियो ‘भन तिमीले के पायौं’ सार्वजनिक भएको छ। पूर्वाञ्चल म्युजिक नामक युट्युब च्यानलमा रिलिज भएको यो म्युजिक भिडियोमा बरिष्ठ कलाकार नरेन्द्र सेन्दाङ र जेनी सेनले मुख्य भूमिका निर्वाह गरेका छन्। सहायक भूमिकामा हुसेन शेखलाई पनि देख्न सकिन्छ।

प्रेम र प्रेममा पाएको धोका विषयमा आधारित यो म्युजिक भिडियोलाई पत्रकार तथा निर्देशक सन्तोष बास्तोला (अशिक कुमार)ले निर्देशन गरेका हुन्। झापा जिल्लाको दोमुखा क्षेत्रका रमणीय दृश्यहरूमा छायांकन गरिएको यस भिडियोलाई धेरै दर्शकले रुचाइरहेका छन्। निर्देशक बास्तोलाका अनुसार भिडियोले राम्रो प्रतिक्रिया पाउन सफल भएको छ।

अमेरिकामा बसोबास गर्ने कलाकार नरेन्द्र सेन्दाङले नेपाल आएपछि नेपाली चलचित्र र म्युजिक भिडियोमा आफ्नो समय दिने गरेको बताइन्छ। लामो समयदेखि कला क्षेत्रमा क्रियाशील रहेका सेन्दाङ कला र समाजसेवामा पनि सक्रिय छन्। उनले नेपालमा रहदा होस या अमेरिका उनले सयौं व्यक्तिहरूलाई सहयोग गरेका छन्। नेपाली सिने जगतलाई लामो समय दिसकेका उनले आफु जहाँ रहे पनि कला र कलाकार प्रतीको माया कहिले भुल्ने बताएका छ्न ।

गायक सामिर बिक हाल रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन्। नेपाली संगीत क्षेत्रमा दुई दर्जनभन्दा बढी गीत गाइसकेका बिक विदेशमा रहे पनि संगीतप्रतिको आफ्नो लगावलाई बिर्सन सकेका छैनन्। नेपाल आएका बेला उनी नयाँ गीत रेकर्ड गरेर सार्वजनिक गर्ने गर्छन्।

सन्तोष रजकको छायांकन रहेको यस म्युजिक भिडियोलाई जानकी मिडिया प्रालिले निर्माण गरेको हो। दुई विदेशी कलाकारहरूको कला र नेपाली संगीतप्रतिको प्रेमलाई समेटिएको यो म्युजिक भिडियोलाई पूर्वाञ्चल म्युजिकको युट्युब च्यानलमा हेर्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]