बरिष्ठ गायक सिताराम पोखरेल सम्मानित

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष ०७, २०८१

विराटनगर / खोटाङ सामाजिक सेवा मञ्चले गर्दै आएको मासिक स्रष्टा सम्मान तथा रचनावाचन मासिक पौष महिनाको श्रृङख्ला को अवसरमा बरिष्ठ गायक सिताराम पोखरेललाई खोटाङ सामाजिक सेवा मञ्चले विराटनगरमा सम्मान गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाली गीत संगीतमा तीन दशक भन्दा लामो समय देखी योगदान गरेको भन्दै कोशी प्रदेशका खानेपानी सिंचाई तथा उर्जा मन्त्री एकनारायण कार्कीले दोसल्ला ओठाएर सम्मान गर्नुभएको छ ।

 

सो अवसरमा खोटाङ समाजिक सेवा मञ्चका अध्यक्ष कृष्ण प्रसाद भण्डारी मार्सेली तथा पुर्व मन्त्री जिवन घिमिरेले गायक पोखरेलले नेपाली संगीतमा गरेको योगदानको प्रशंसा गर्नुभएको थियो । नेपाल आयल निगमका पुर्व निर्देशक तथा रेडियो नेपालका पुर्व सञ्चालक समिती सदस्य पोखरेल को म्युजिक भिडियोमा अतुलनिय योगदान रहेको छ । सो अवसरमा साहित्यकार हरु पुण्य चौलागाईं , नवराज पोखरेल नवशिला,भूपाल अधिकारी, ऋषि तिवारी, उमेश लुइँटेल, हरि कट्टेल, विद्या अनामिका तिवारी, हरि कट्टेल, उमानाथ भट्टराई, प्रतिमा निरौला, मधु पोखरेल, शारदा भट्टराई, बाबुराम पोखरेल, नानू मैयाँ दाहाल, लक्ष्मी युग्मी, चुडामणिा धिमिरे गोपाल, रोहिणी रसिक लगायत दुइदर्जन कविहरूको काव्यात्मक प्रस्तुति साथमा सम्मान कार्यक्रमको आयोजन गरिएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]