जहदा गाउँपालिकाको विद्यालयबाट स्मार्ट टिभी चोरी

Logo
ग्रामीण सहकर्मी प्रकाशित सोमबार, पुष ०८, २०८१

विराटनगर / मोरङ्गको जहदा गाउँपालिका-२ स्थित श्री सन्थाल आधारभूत विद्यालयको बाल विकास कक्षाबाट ३२ इन्चको स्मार्ट टिभी चोरी भएको छ। विद्यालय प्रशासनका अनुसार अज्ञात व्यक्तिले कक्षाकोठाको ताल्चा फोडेर टिभी चोरी गरेका हुन्।

स्मार्ट टिभी चोरीपछि बाल विकास कक्षामा प्रविधिमार्फत पठनपाठन प्रभावित भएको छ। विद्यालयले प्रविधिमा आधारित शिक्षण पद्धतिलाई जारी राख्न नयाँ टिभीको आवश्यकता रहेको बताए पनि हालसम्म कुनै संघसंस्था वा शैक्षिक निकायबाट सहयोग प्राप्त भएको छैन।

घटनाको बारेमा जानकारी पाएपछि बुधनगर प्रहरी चौकीका निरीक्षकले चोरको खोजी र अनुसन्धानलाई तीव्र बनाएको बताएका छन्। चोरीका दोषीलाई चाँडै पक्राउ गरी कानुनी कारबाही गरिने प्रहरीको भनाइ छ।

स्मार्ट टिभी जस्तो महत्वपूर्ण शैक्षिक सामग्री चोरी हुँदा विद्यार्थीको शिक्षामा असर पर्ने भएकाले विद्यालय प्रशासनले सम्बन्धित निकायसँग सहयोगको अपिल गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]