कटहरीमा युवती हातखुट्टा र मुख बाँधिएको अवस्थामा फेला

Logo
ग्रामीण सहकर्मी प्रकाशित मंगलबार, पुष ०९, २०८१

विराटनगर/ मोरङको कटहरी–२ मा एक युवती अचेत अवस्थामा हातखुट्टा र मुखमा पट्टी बाँधिएको अवस्थामा फेला परेकी छन्। जहदा वडा नं. ४ निवासी एक युवती आज बिहान अचेत अवस्थामा बाँसको झ्याङ्गमा भेटिएकी हुन्।

युवती बिहान ५ बजे मर्निङ वाकका लागि घरबाट निस्केकी थिइन्। तर, घर नफर्किएपछि परिवारजनले खोजी सुरु गरेका उनले ठुलो बुबाले बताए। स्थानियले युवतीलाई अचेत अवस्थामा फेला पारी प्रहरीलाई खबर गरेका थिए।

प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदराज जोशीका अनुसार खबर प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर युवतीलाई उद्दार गरेको हो। उनलाई तुरुन्तै एम्बुलेन्समार्फत विराटनगरको कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।

युवती फेला परेको स्थान उनको घरबाट करिब दुई किलोमिटर टाढा रहेको बताइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]