महानगरको सहयोगमा पाँचदिने विशेष योग प्रशिक्षण सम्पन्न 

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, पुष १०, २०८१

विराटनगर / ज्येष्ठ नागरिक वडा कार्यसमिति (योग ध्यान केन्द्र विराटनगर–११ को आयोजनामा पाँचदिने विशेष योग प्रशिक्षण सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिका वडा नम्बर ११ को सहयोगमा योग प्रशिक्षण सम्पन्न भएको हो । नियमित योगका माध्यमबाट शारीरिक र मानसिक रुपमा मानिस स्वस्थ रहने भएकाले योग प्रशिक्षण आयोजना गरिएको ज्येष्ठ नागरिक वडा कार्य समितिका अध्यक्ष अर्जुनकुमार भट्टराईले जानकारी दिनुभयो । योग प्रशिक्षणमा वडावासीसहित विभिन्न विद्यालयका प्राध्यापक, शिक्षकलगायतको सहभागिता रहेको थियो ।

समापन समारोहका प्रमुख अतिथिसमेत रहनुभएका वडाध्यक्ष तीर्थेन्द्र नेउपानले योगका माध्यमबाट मानिसलाई स्वस्थ जीवनयापन गर्न सहज हुने बताउनुभयो । उहाँले पतञ्जली योग समितिले बिहान सुत्ने समयलाई योग गराएर महत्वपूर्ण कार्य गरेको बताउनुभयो । योगलाई तीनै तहको सरकारले उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा वडाध्यक्ष नेउपानेले जोड दिनुभयो ।

सो अवसरमा वडाध्यक्ष नेउपानेसहित पतञ्जली योग समिति कोशी प्रदेशकी सचिव शोभा कोइराला, पतञ्जली योग समिति कोशी प्रदेशका संगठन सचिव विष्णु आचार्य, प्रदेश सदस्य धर्मराज आचार्य, जिल्ला आर्युवेद कार्यालय प्रमुख वैजनाथ साह, आयोजक संस्थाका अध्यक्ष अर्जुनकुमार भट्टराईलगायतले महेन्द्र मोरङ क्याम्पस, जनपथ मावि, अरुणोदय मावि, सुम्निमा बोर्डिङ स्कुलका शिक्षकलाई योग शिक्षकका रुपमा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । योगगुरु लोकराज खनालले योगका विभिन्न अभ्यास गराएर प्रशिक्षण दिनुभएको थियो । हरेक दिन बिहान ५ देखि ७ बजेसम्म योग प्रशिक्षण सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]