सुशीला पाठकको नेतृत्वमा नेपाल पत्रकार महासंघ मोरङ शाखाको नयाँ कार्यकाल सुरु

Logo
ग्रामीण सहकर्मी प्रकाशित बुधबार, पुष १०, २०८१

विराटनगर / नेपाल पत्रकार महासंघ मोरङ शाखामा इतिहास रच्दै नवनिर्वाचित अध्यक्ष सुशीला पाठकको नेतृत्वमा बुधवारदेखि नयाँ कार्यकाल सुरु भएको छ। पाठक मोरङ शाखाको अध्यक्ष बन्ने पहिलो महिला पत्रकार हुन्।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रमाणपत्र हस्तान्तरण गरेपछि अध्यक्ष पाठकले आफ्नो कार्यकाल आरम्भ गरेकी हुन्। बुधवार नै नवनिर्वाचित पदाधिकारीहरूको पहिलो बैठक बसेर जिम्मेवारी सम्हालिएको छ।

पदस्थापन गरिएका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सन्तोष सिग्देल, महिला उपाध्यक्षहरू तारा आचार्य र बिनु तिम्सिना, सचिव नेत्र पी. अधिकारी, सहसचिव श्यामसुन्दर सुतिहार र रेवतीरमण निरौला तथा कोषाध्यक्ष कौशल निरौला छन्।

महिला उपाध्यक्ष पदमा बराबरी मत ल्याएका तारा आचार्य र बिनु तिम्सिनाले डेढ–डेढ वर्षका लागि कार्यकाल बाँड्ने सहमति गरेका छन्। पहिलो डेढ वर्ष तारा आचार्यले जिम्मेवारी सम्हाल्नेछिन्।

सदस्यता लिएको १५ दिनभित्रै विद्रोही उम्मेदवारी दिएर मकालु टेलिभिजनका युवा पत्रकार सुनिल यादवले विजय हासिल गर्दै नयाँ रेकर्ड कायम गरेका छन्।

नेपाल पत्रकार महासंघ मोरङ शाखाको यो नयाँ कार्यसमिति महिला नेतृत्व र युवा सहभागिताले थप उत्साहजनक र ऐतिहासिक बनेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]