कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ सुरु, १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष १४, २०८१

विराटनगर / कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ को औपचारिक शुभारम्भ गरेको छ। आइतबार कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले पर्यटन वर्ष सचिवालयको उद्घाटन गर्दै कार्यक्रमको प्रारम्भ गरेका हुन्।

मन्त्री मण्डलको संयोजकत्वमा गठन गरिएको सचिवालयमा निजी क्षेत्रबाट भविशकुमार श्रेष्ठ र कृष्णकुमार साहलाई सह–संयोजकका रूपमा मनोनयन गरिएको छ। सह–संयोजक श्रेष्ठ र साहले आइतबारदेखि नै पर्यटन गतिविधिलाई प्रोत्साहन गर्न सचिवालयमार्फत काम सुरु गरेका छन्।

कोशी प्रदेश सरकारले २०८२ मा भारतका सिक्किम, बिहार र उत्तर प्रदेशबाट १६ लाख भारतीय पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। यसलाई कार्यान्वयन गर्न १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। उक्त बजेट कर्मचारी व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणमा खर्च गरिने प्रदेश सरकारका अधिकारीहरूले जानकारी दिएका छन्।

पर्यटन वर्षको मुख्य औपचारिक उद्घाटन भने २०८२ वैशाख १ गते तेह्रथुम जिल्लाको तिनजुरे-मिल्के क्षेत्रमा आयोजना गरिनेछ। उद्घाटन कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त रूपमा शुभारम्भ गर्नेछन्।

यस अवसरमा कोशी प्रदेशले पर्यटक आकर्षणका लागि विभिन्न नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको छ। धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई प्रवर्द्धन गरी प्रदेशलाई पर्यटनको प्रमुख गन्तव्य बनाउन प्रदेश सरकारले योजना बनाएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]