जनमत पार्टीद्वारा पुस १७ गते धोती दिवस मनाउने निर्णय

Logo
ग्रामीण सहकर्मी प्रकाशित आइतबार, पुष १४, २०८१

विराटनगर / सिके राउत नेतृत्वको जनमत पार्टीले पुस १७ गतेलाई धोती दिवसका रूपमा मनाउने निर्णय गरेको छ। आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिको बैठकले राष्ट्रिय पोसाकको संरक्षण र मौलिकताको प्रवर्द्धन गर्ने उद्देश्यले धोती दिवस मनाउने निर्णय गरेको हो।

पार्टीका प्रवक्ता शरदसिंह यादवका अनुसार पुस १७ गते देशभरका सबै जिल्लामा मौलिकता झल्किने गरी विशेष कार्यक्रम आयोजना गरिनेछ। यसका लागि पार्टीले जिल्ला तहका सम्पूर्ण इकाइहरूलाई परिपत्र गर्दै धोती दिवसलाई भव्यताका साथ मनाउन आह्वान गरेको छ।

धोती दिवस मनाउने क्रममा विभिन्न सांस्कृतिक कार्यक्रम, जनचेतना अभियान र मौलिक पोसाकको महत्त्वबारे छलफलका कार्यक्रमहरू गरिने जनाइएको छ। पार्टीले यो दिवसले आफ्नो सांस्कृतिक पहिचानलाई थप बलियो बनाउने र नयाँ पुस्तालाई परम्परागत पोसाकप्रति आकर्षित गर्ने विश्वास लिएको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]