दुहवी नेकपा (एमाले) नगर कमिटी को पूर्ण बैठक सहित पदस्थापन

Logo
चन्दन रौनियार / सुनसरी प्रकाशित आइतबार, साउन १३, २०८१

दुहवी / सुनसरीको दुहवी नगरपालिकामा नेकपा (एमाले) दुहवीका नवनिर्वाचित नगर कमिटीलाई पदस्थापन र पूर्ण बैठक गरिएको छ ।

दुहवीको साह सेवा भवनमा  नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नाागरिक मन्त्री भगवति चौधरीको प्रमुख आथित्यता कार्यक्रम्मा सम्पन्न भएको हो ।

कार्यक्रम्म स्वागत मन्तव्य राख्द दुहवी नेकपा एमाले नगरकमिटीका उपाध्यक्ष भिम चौधरीले, पार्टीले मलाई जुन रुपले विश्वास गरे जिम्मेबारी पद दिनु भयो आगामी दिनमा पार्टीलाई अगाडी बढाउन जनता माझ गएर आफु तथा आफने टिमले सक्दो काम गर्ने बताए ।

कार्यक्रम्मा नेकपा एमालेका बरिष्ट नेताहरुले मिसन ८४ को लागी आजै देखी नव निर्वाचित सदस्यहरुलाई आफनो ठाउँबाट काम गर्न सुझाव दिए । कार्यक्रम्मा  नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व महिला बालबालिका तथा जेष्ठ नाागरिक मन्त्री भगवति चौधरीले शुभकामना मन्तव्य राख्दै , दुहवी नगर नेकपा एमालेका नव निर्वाचित पदाधिकारीहरुलाई बधाई दिदै  स्थायित्व सरकार नपाएर जनताको काम सोचे अनुसार गर्न नसेको मन्त्री चौघरी बताईन् ।

तर अहिले आफनो सरकार भएको हुनाले जनताको समस्याहरुको सम्बोधन गर्न विभिन्न समिति बनाई ति कामहरु गरि रहेका मन्त्री चौधरीले बताईन् ।

कार्यक्रमका सभा अध्यक्ष तथा दुहवी नगर कमिटी नव निर्वाचित नेकपा एमालेका अध्यक्ष मो. ताजिब हुसैनले सम्पुर्ण अथितिहरुलाई धन्यवाददिदै अथितिहरुले दिएको सुझाव र पार्टीको निति अनरुप  काम गर्ने बताए ।

पहिलाका नगरकमिटिको सुझाव अनुरुप जनतामाझ गएर राम्रोकाम गर्ने दुहवी नगर कमिटीका अध्यक्ष हुसैन बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]