तीनवटा दमकल परिचालन , आगो अझै नियन्त्रण बाह

Logo
ग्रामीण सहकर्मी / झापा प्रकाशित आइतबार, फाल्गुण ०४, २०८१

कचनकवल / झापाको कचनकवल –६ कमलबस्तीमा भीषण आगलागी भएको छ ।

आज राति ८ बजेतिर कमल खतिवडाका छोरा चेतन खतिवडाको माथिल्लो तला काठ र तल्लो तला पक्की भएको दुईतले घरमा आगलागी भइरहेको हो । पुजा कोठाबाट अचानक आगो सल्किएको आशंका गरिएको छ ।

आगो निभाउन तीनवटा दमकल , सुरक्षाकर्मी खटिरहेका छन् । भद्रपुर , बिर्तामोड र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी र स्थानीय आगो निभाउन लागिपरेपनि अझै आगो नियन्त्रणमा आइनसकेको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए । आगो निभाउनेक्रममा दुईजना घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । आगलागीबाट ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

यस समाचार काेचिला न्यूजबाट साभार गरिएको हाे ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]