दुहबी बजारमा रौनियार महिला मंचको बिरोधसभा

Logo
चन्दन कुमार राैनियार / सुनसरी प्रकाशित शुक्रबार, फाल्गुण ०९, २०८१

दुहबी / भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा भएको घटनाको विरोधमा रौनियार महिला मंच दुहबीले दुहबी बजारमा रहेको डागा चौकमा बिरोधाभाष सहित मैनवती बालेर दिपप्रज्ज्वलन गरेर अात्मा चिर शान्तिको कामना सहित उच्चस्तरीय छानबिन गरियोस   नेपाली बिधार्थि माथि भएको आक्रमण   बन्द गर ,सेभ नेपाली स्टुडेन्ट ,जस्टिज फोर प्रकृति लम्साल ,नारा लेखिएको पम्पलेट बोकेर माग सहित विरोध प्रदर्शन गरेको छ।

बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्युपछि आक्रोशित विद्यार्थीले भारतमा आन्दोलन गरेका थिए। क्याम्पस प्रशासनले सबै नेपाली विद्यार्थीलाई  क्याम्पस छाड्न निर्देशन जारीसमेत गरेको गरिएको थियोे ।

उक्त घटनाको भर्त्सना गर्दै  रौनियार महिला मंच दुहबीकी पिकि रौनियारले  कूटनीतिक पहलमार्फत घटनाको छानबिन गर्न र नेपाली विद्यार्थीको सुरक्षाको प्रत्याभूति गर्दै अध्ययनको वातावरण बनाउन नेपाल सरकारसँग माग गरेको छ। सौ कार्यक्रममा दुहबी वडा न.५का अध्यक्ष रमेश रौनियार वडा सदस्यहरु ,रौनियार महिला मंचका अध्यक्ष बन्दना रौनियार ,स्थानीय महिला ,युवायुवतीहरु रौनियार महिला मंचका पदअधिकारी व्यापक उपस्थिति रहेको थियोे ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]