गाेल्डेन हस्पिटल १४ औं वर्षमा प्रवेश

Logo
ग्रामीण सहकर्मी / माेरङ्ग प्रकाशित आइतबार, फाल्गुण ११, २०८१

विराटनगर / विराटनगरकाे गाेल्डेन हस्पिटल प्रा.लीले १४औं वर्षमा प्रवेश गरेको छन् । विराटनगरकाे हस्पिटल चाेक स्थित सञ्चालित गोल्डेन हस्पिटल प्रा.लीले विराटनगर वडा नम्बर -११ जनपथ टाेलमा आफ्नै नयाँ भवनमा वार्षिकोत्सब आज सम्पन्न गरेको छ ।

उक्त हस्पिटल १०० शैयाको स्वास्थ्य सेवामा नवीनतम प्रविधि अपनाउँदै कृत्रिम बुद्धिमत्ता ( एआई ) एकीकृत १९२ स्लाइस सिटी स्क्यान, एमआरआई, मोड्युलर ओटी, एडभान्स आईसीयू, एनआईसीयू, र एचओसीयू जस्ता अत्याधुनिक उपकरण उपलब्ध गराएको छ।

गोल्डेन हस्पिटलले कोशी प्रदेशका साथै छिमेकी राष्ट्र भारतका बिहार, उत्तर प्रदेश, र पश्चिम बंगालका बिरामीहरूलाई पनि सेवा प्रदान गर्दै आएको छ। नेपालकै उत्कृष्ट सुपर स्पेसियालिटी टिमसहित अस्पतालले न्यूरो, ट्रमा, र आर ए म्यानेजमेन्ट जस्ता क्षेत्रहरूमा उत्कृष्टता हासिल गरेको जनाएको छन ।

अस्पतालले २०८१ साल मंसिरदेखि सिटिइभिटिको सम्बन्धन लिएर डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ, र पिसिएल जनरल मेडिसिन विषयमा शैक्षिक कार्यक्रम पनि सञ्चालन गराइरहेको छ।

गोल्डेन अस्पतालका सञ्चालक डा. श्याम रौनियारले वार्षिकोत्सवको अवसरमा अस्पताललाई भाडाको घरबाट आफ्नै भवनसम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

गोल्डेन अस्पतालले न्यूनतम शुल्कमा आकस्मिक सेवा, अपरेशन, र अन्य उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पताल प्रदेशकै उत्कृष्ट भवन, उपकरण, र दक्ष डाक्टरहरूको टिमसहित बिरामीहरूको विश्वास जित्न सफल भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
हाम्रो बारे

ग्रामीण पत्रिका डटकम www.graminpatrika.com । साथै यो  “ एक बहुभाषिक पत्रिका ”  हो । नेपालको सबै जातजातिको भाषा गत समाचार, लेख, रचना, कविता तथा कथा समेत प्रकाशन, प्रसारण गर्ने यो एक बहुभाषिक पत्रिका हो ।

(१)  जि. प्र. का. मो. दर्ता नं. २८०

(२)  सुचना तथा प्रसारण विभाग दर्ता नं. ५०४७—२०८१/२०८२

(३)  प्रेस काउन्सिल नेपाल सुचिकरण नं. ५०६५—२०८१/८२

हाम्रो टीम

प्रबन्ध निर्देशक : संजय कुमार राजवंशी

सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]