सिड्लिङ मन्टेश्वरी स्कुलको ९ औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

Logo
भोजराज घिमिरे प्रकाशित सोमबार, चैत्र १८, २०८१

  • मोरङ, बुद्धचोकस्थित सिड्लिङ मन्टेश्वरी स्कुलले आफ्नो ९ औं वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न गरेको छ। सोमबार पथरी शनिश्चरे वडा नं २ को हरियाली सामुदायिक वनको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।समारोहका प्रमुख अतिथि तथा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोले विद्यालयले अपनाएको मन्टेश्वरी शिक्षण पद्धतिले बालबालिकाको शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताउनुभयो। उहाँले बालबालिकामा गरिएको लगानी भविष्यमा फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल बिन्दु चेम्जोङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नं. २ का वडाध्यक्ष नैना राई, वडा सदस्यहरू क्रमशः खिलनाथ घिमिरे, चन्द्रकुमार राई, अम्विका लिम्बु, सिता दर्जी, वडा सचिव गोमा पौडेल तथा अभिभावकहरूको उपस्थिति रहेको थियो।समारोहमा विभिन्न तहका नानीबाबुले गायन, नृत्य तथा अन्य सांगीतिक एवं सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। विद्यालयले विगत ९ वर्षदेखि मन्टेश्वरी शिक्षण पद्धति अवलम्बन गर्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस
सम्पर्क

केन्द्रीय कार्यालय : कोशी प्रदेश, राजधानी विराटनगर

सम्पर्क नम्बर :- 9827072150
इमेल :- [email protected]